कोभिड -19 ले हाम्रो स्वास्थ्यको साथसाथै हाम्रो व्यापारलाई पनि नराम्ररी प्रभावित गरेको छ। अन्तराष्ट्रिय व्यापार केन्द्र (ITC) ले हाल्मै गरेको एउटा सर्वेक्षण अनुसार ४ मध्य एक सानो व्यवसाय स्थाई रुपले बन्द हुने सम्भावना देखिएको छ। निषेधाज्ञा र बन्दाबंदीले समस्यालाई अझ जटिल बनाउने निश्चित छ । हाललाई आफ्नो व्यवसायलाई survive गर्न र भविष्यमा grow गर्न digital exposure गर्न आवश्यक देखिन्छ । यी स-साना तर उपयोगी tools ले तपाई को व्यवसायलाई Digital लैजाउन मद्धत गर्नसक्छ।
Google My Business
Google नेपालमा मात्र नभएर विश्वमा सबभन्दा बढी visit गरिने search engine हो। Google My Business आफ्नो व्यवसायलाई Google Search र Maps मा promote गर्ने free tool हो।
उदाहरण को लागि बिराटनगर को एक Bakery ले आफ्नो पसललाई Google Maps र Verified Business मा listing गर्यो , अब कुनै ग्राहकले Best bakery shop in Biratnagar Google मा search गर्यो भने search result मा तपाइले Google मा हाल्नु भएको information show गर्छ। तपाइले दिएको फोन नम्बर, पसल खुल्ने समय र दिन अनुसार नचिनेको ग्राहक ले पनि सजिलै सम्पर्क गर्नसक्छ।
Facebook नेपालमा सबभन्दा लोकप्रिय social networking site हो। नेपालको झन्डै एक करोड जनताले facebook उपयोग गर्ने गरेको छ। Lockdown को बेलामा facebook मा समय बिताउन को संख्या झन् बढेको पाइन्छ।
Facebook Page , Facebook Advertisement जस्ता tools हरु मार्फत हामीले आफ्नो व्यवसायलाई सजिलै boost गर्नसक्छौ। आफूले बेचने समान अथवा दिने service लाई facebook page मा हालेर आफ्नो target audience अनुसार प्रचार गर्न सकिन्छ।
Facebook page र post boosting गर्नुपरेमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।
Digital Payment
भुक्तानी कुनै पनि व्यवसाय को लागि सबभन्दा महत्वपूर्ण पाटो हो। पछिल्लो केहि वर्षमा बिधुतिय भुक्तानी (e-payment) नेपाल मा धेरै नै फस्टाएको छ। Digital Payment contact less भएको ले अहिले को समयमा भुक्तानी लिने सर्वोतम साधन हो। त्यति मात्र होइन,आफू संग नगद बोक्ने र सुरक्षित गर्ने झन्झट पनि हुदैन। धेरै जसो बैंकहरुले पनि Digital Payment प्रोत्साहन गरेको पाइन्छ।
Digital wallet को कुरा गर्दा नेपालमा e-sewa र Khalti लोकप्रिय wallet छन्।
Digital Accounting
पछिल्लो एक दशक मा Accounting software को क्षेत्र मा निकै परिवर्तन आएको छ। System digital भए संगै accounting र inventory को लागि दर्जनौ खाता manage गर्नु पर्दैन।आफ्नो व्यवसाय को सम्पूर्ण रिपोर्ट तपाइको हत्केला मा हुन्छ। मोबाइल App को मदत ले बिजक ,जिन्सी ,आम्दानी ,खर्च सबै manage गर्न मिल्छ।
Bookkeeper App जस्ता accounting software ले घरमै बसी पुरा accounting manage गर्न सहयोग गर्छ। mobile र computer दुवै मा data sync हुने यो software सानो व्यवसाय को लागि एक्दम्मै उपयोगी छ।
WhatsApp Business
WhatsApp Business, facebook द्वारा व्यवसायहरु को आवस्यकता अनुसार develop गरिएको app हो। आफ्नो ग्राहक संग professionally सम्पर्क गर्ने यो उत्तम माध्यम हो। Message मा मात्र सिमित नभएर यसमा आफूले दिएको सेवा र बिक्री गरिरहेको सामानको product catalog बनाउन पनि मिल्छ।
यसका साथ साथै पसल वा कार्यालय खुल्ने समय ,खुल्ने दिन जस्ता धेरै महत्वपूर्ण सुचना पनि राख्न सकिन्छ।
COVID-19 को long term effect हेर्न बाकी नै छ। आफ्नो व्यवसायलाई पुरानो तरिका ले market मा sustain गर्न सकिदैन। यी ५ वटा step धेरै जसो ले थाहा पाए पनि राम्ररी use गरेका वा गरिरहेका छैनन्। यो article तपाईलाई कस्तो लाग्यो भन्ने सुझाव दिनुहोला र बढी भन्दा बढी share गर्नुहोला।
Thanks for sharing this important information with us.
You are welcome, sir.